भद्रकलाको दोस्रो एल्बम बजारमा

काठमाडौं । २०७० सालदेखि नेपाली संगीतमा लागेकी भद्रकला आङबुहाङ राईको दोस्रो एल्बम ‘माया’ सार्वजनिक भएको छ । काठमाडौंमा एल्बम विमोचन हुँदा भद्रकला हङकङमा एकल साँझ सम्पन्न गरिरहेकी थिइन् ।

संगीतकार शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा अतिथिका रुपमा गीतकार डा कृष्णहरि बराल, गीतकार उन्नती बोहरा शिला, संगीतकारद्वय राजु सिंह र लक्ष्मण शेषको उपस्थिति थियो ।

समारोहमा गीतकार भद्रकलाको गीतिकारीता र समाजसेवाप्रतिको लगाबको तारिफ गरिएको थियो । ‘माया’ मा ११ गीत समावेश छन् । सुरेश अधिकारी , राजिब शाह, बसन्त सापकोटा र बादल लिम्बुको संगीतमा तयार भएको यो अल्बममा राजेश पायल राई , अन्जु पन्त , स्वरुपराज आचार्य,प्रमोद खरेल ,दीपक लिम्बु,रजिना रिमाल , प्रविशा अधिकारी र निकिता थापाको स्वर छ ।