आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादको लगातार तेस्रो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लगातार तेस्रो जित हासिल गरेको छ। कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै हैदरावादले तेस्रो जित हासिल गरेको हो। यस सँगै कोलकाताको भने लगातार दोस्रो पटक हार भएको छ।

टस हारेर पहिलो व्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । जवाफमा हैदरावादले १९ ओभरमा जित निकाल्यो । कोलकाताविरुद्ध इडन गार्डेन खेल मैदानमा हैदरावादको पहिलो जित हो । यसअघि यो मैदानमा हैदरावादले एउटा पनि खेल जितेको थिएन ।

हैदरावादको जितमा केन विलियमसनले सबैभन्दा धेरै ५० रन बनाएका थिए। कोलकाताका लागि सुनिल नरेनले सबैभन्दा धेरै २ विकेट झारे ।

कोलकाताले ३२ रनमा पहिलो विकेट गुमाएको थियो । ऋद्धिमान साहा २४ रन बनाएर आउट भए । साहाले १५ बलमा पाँच चौका हाने । सुनिल नरेनले उनलाई आउट गरेका थिए ।
त्यसपछि सुनिलकै बलमा शिखर धवन ७ रन बनाएर आउट भए त्यतिबेला कोलकाताको कुल स्कोर ४२ थियो ।