सरकारलाई नेविसंघको १६ प्रश्न, बुधबार माइतीघर तताउने

काठमाडौं । नेपाली कांग्रेसको मुख्य भातृ संगठन नेपाल विद्यार्थी संघलाई नेपाली कांग्रेसले शशक्त सडक आन्दोलनको जिम्मा दिएको छ । कम्युनिष्ट सरकार अनुदार र अराजक बन्दै गएपछि सदर र सडकबाट शशक्त प्रतिरोध गर्ने पार्टीको नीति अनुरुप नेविसंघ बुधबार सडकमा ओर्लिने भएको हो ।

पछिल्लो समय कम्युनिष्ट सरकारले अनुदार रुपले सत्याग्रहको वेवास्ता गर्दै चिकित्सा विधेयक पारित गर्ने रणनीति अपनाएपछि प्रमुख प्रतिपक्षी दल काँग्रेस आन्दोलनमा उत्रिएको हो ।

माघ ९ गते माइतीघर मढडलामा नेविसंघले ‘डा गोविन्द केसीका मागका पक्षमा र निर्मला बलात्कारपछि हत्याको बिरोधमा’ वृहत बिरोध प्रदर्शन गर्ने भएको हो । कम्युनिष्ट सरकारलाई नेविसंघको १६ प्रश्न उल्लेख गरेर बुधबारदेखि देशैभर संघर्ष सुरु गरिने नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताए ।

पहिलो चरणमा बुधबार १ बजे काठमाडौंको माइतीघरमण्डलामा ५ हजार विद्यार्थीको सहभागितामा बिरोध प्रदर्शन गरेर सर्वसत्ताबादी कम्युनिष्ट सरकारको मुटु हल्लिने गरी लगत्तै देशभरका शैक्षिक संस्था, जिल्ला, क्याम्पस र पालिकामा भण्डाफोर गर्ने कार्यक्रम रहेको अध्यक्ष महरले बताए । नेविसंघले विरोधको कार्यक्रम ल्याएपछि सुरक्षा सतर्कता अपनाइएको बताइएको छ ।

नेविसंघका १६ प्रश्नः
0 नेपाली कांग्रेसको सरकारले र डा। गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयक किन फेरियोरु
0 निर्मलाका हत्यारालाई सरकारको संरक्षण किनरु
0 ३३ किलो सुन काण्डका अपराधी कता लुकायौरु
0 वाइडबडी घोटालाका दोषीको संरक्षण किनरु
0 पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद र शुसिल कोइरालाको नाममा स्थापना हुन लागेका स्वास्थ्य संस्थालाई किन खारेज गर्न जोजिदै छरु
0 दैनिक उपभोग्य बस्तुमा ३००५ भन्दा बढी मूल्य बृद्धि किनरु
0 चिनिमा भएको अर्बौ भ्रष्टाचारको छानविन कैले हुन्छरु
0 कांग्रेस सरकारको पालामा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कटौती किनरु
0 राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना विदेशीलाई किनरु
0 यातायातको सिन्डिकेट नहटाउन कति कम्ल्यायौंरु
0 प्राज्ञिक थलो विश्वविद्यालयमाथि सरकारी हस्तक्षेप किनरु
0 नेविसंघको आन्दोलनबाट प्राप्त उपलब्धि विद्यार्थीको सर्टिफिकेट धितो राखेर विना ब्याज ऋणको ब्यवस्था किन लागु भएनरु
0 शिक्षामा २०५ बजेटको ब्यवस्था किन भएनरु
0 माध्यामिक शिक्षा निशुल्कको संवैधानिक ब्यवस्था कहिले लागु हुन्छरु
0 विद्यार्थीका लागि निशुल्क स्वास्थ्य बिमा किन कार्यान्वयन भएनरु
0 स्ववियु निर्वाचनको कार्यतालिका किन प्रकाशित हुँदैनरु