काँग्रेसले हारेर राम्रो भयोः प्रवक्ता शर्मा

घोराही । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भएको बताएका छन् ।

काङ्ग्रेस दाङ क्षेत्र नं ३ को क्षेत्रीय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले काङ्ग्रेसले हारेको हुँदा पार्टी सुधारको मौका मिलेको र हारले पाठ सिकाएको घारणा राखे । उनले पार्टीले हार व्यहोरेपछि नै पार्टीभित्र सुधारको सङ्केत देखिएको जिकिर गरे ।

उनले अहिले पार्टीभित्र ठूला नेताको मिलन हुनु, केन्द्रीय पदाधिकारीले पूर्णता पाउनु, सङ्घीय संरचनाअनुसार पार्टी कमिटी बन्नु, देशव्यापी छलफल गरेर विधान तयार हुनु नै काङ्ग्रेसको सुधारको सङ्केत भएको दाबी गरे ।