कम्युनिस्ट साम्राज्यवादको सपना भ्रम मात्र होः महर

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले वर्तमान कम्युनिस्ट सरकार र कम्युनिस्ट पार्टी नेपाललाई कुरुप बनाएर अन्तर्राष्टिय कम्युनिस्ट साम्राज्यवादको सपना देखिरहेको बताएका छन् ।

भेनेजुलाको वर्तमान घटनाक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेको टिप्पणीको कडा बिरोध गरे । महरले नेविसंघको उपत्यकाव्यापी बिरोध कार्यक्रमका क्रममा अस्कलमा आयोजित बिरोध कार्यक्रममा सम्बोधन गर्दै नेपालको असंलग्न परराष्ट नीति बिर्सेर प्रचण्डले भेनेजुलाबारे दिएको प्रतिक्रिया देशको समृद्धिको बाधक हुने बताए ।

आफ्नो देशमा हत्या, सिंसा, बलात्कार, भ्रष्टाचारमा संलग्नहरुलाई संरक्षण दिएर शान्तिपूर्ण प्रदर्शनमाथि लाठी बर्साउने, विद्यार्थीलाई जेल हाल्ने काममा संलग्न कम्युनिष्टहरुले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव समेत भाँड्न खोजेको रोप लगाए ।

अस्कल नेविसंघको आयोजनामा भएको बिरोध र्याली सोह्रखुट्टेको चैतनचौरमा पुगेर सभामा परिणत भएको थियो । बिरेधसभालाई महामन्त्री कुन्दन काफ्लेलगायतले सम्बोधन गरेका थिए । उनीहरुले आन्दोलन सर्वसत्तावादलाई घुँडा टेकाएर मात्रै रोकिने जिकिर गरे ।