राधिकाको ‘रेलिमाई’ बजारमा

काठमाडौं । गायिका राधिका विष्टले ‘रेलिमाई’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् । गीतको म्युजिक भिडियो राधिकाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको शब्द तथा सङ्गीत पनि गायिका विष्टकै हो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधानले अभिनय गरेका छन् ।