बेष्ट मोडल अफ द इयरका लागि आवेदन खुला

काठमाडौं । ‘बेष्ट मोडल अफ द इयर’को दोस्रो सिजन सुरु भएको छ । नेपाल फेसन सिटीले सोमबार विज्ञप्ति जारी गर्दै आवेदन खुल्ला भएको जनाएको हो ।

स्वदेश तथा बिदेशका लागि आवश्यक प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताइएको छ । अडिसन माघ १७ गते टेकुस्थित मसला कटेजमा आयोजना हुँदैछ ।

काठमाडौबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुनः काठमाडौंमा आएर सकिनेछ ।
१४ देखि ३२ बर्षसम्मका युवायुवतीले सहभागिता जनाउन सक्ने आयोजनकले जनाएको छ ।