मार्च ३ मा नेपाली जनसम्पर्क समिति बेल्जियमको अधिवेशन

काठमाडौं । नेपाली जनसम्पर्क समिति बेल्जियमको ५औँ अधिवेशन आगामी मार्च ३ का दिन हुने भएको छ । समितिको हालै बसेको कार्य समिति बैठकले अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले जनाएकी छन् ।

अभिवेशन सम्पन्न गर्न सभापति सीता सापकोटाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । त्यस्तै धु्रबराज पौडेलको संयोजकत्वमा अनुगमन समिति, इन्द्र क्षेत्री पकवानको संयोजकत्वमा विधान समिति, सुवाश जोशी सन्तोषको संयोजकत्वमा परामर्श समिति, बलिराम झाको संयोजकत्वमा निर्वाचन समिति, देवेन्द्र शर्मा पौडेलको संयोजकत्वमा सदस्यता वितरण समिति, नरहरी सापकोटाको संयोजकत्वमा व्यवस्थापन समिति, जगदीश सापकोटाको संयोजकत्वमा प्रचार प्रसार समिति, बिराट जोशीको अंयोजकत्वमा अर्थ समिति, दिलमायाँ शर्माको संयोजकत्वमा अतिथि सत्कार समिति र बिजय मल्लको संयोजकत्वमा स्वयमसेवक समिति गठन गरिएका छन् । समितिले आ आफ्नो कार्म परारम्भ गरिसकेको सभापति सापकोटाले बताइन् ।

अभिवेशनका लागि प्रतिनिधि खटाइदिनका लागि माउ पार्टी नेपाली काँग्रेस केन्द्रीय कार्यालयलाई आग्रहसहितको पत्राचार गरिसकिएको पनि सभापति सापकोटाले बताइन् । अधिवेशन भव्य रुपमा सम्पन्न गर्न बेल्जियम समितिका अग्रजहरु, क्रियाशील सदस्यहरु, जनसम्पर्क समितिका सम्पूर्ण कार्यकर्ता तथा आम सदस्य, सुभेच्छुकलगायत बेल्जियमबासी वैचारिक तथा जातीय, क्षेत्रीयलगायत सबै सरोकारवालाहरुलाई सभापति सीता सापकोटाले आह्वान गरेकी छन् ।