सरकारबिरुद्ध कञ्चनपुरमा काँग्रेस सडकमा

कञ्चनपुर । आइतबार सरकारको शैली बिरुद्ध नेपाली कांग्रेसले हेटौंडामा शत्तिल प्रदर्शन मात्रै गरेर सडकमा जनसागर नै ओराल्यो । आज देशका विभिन्न स्थानमाजस्तै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने भएको छ ।

सोमबार दिउँसो कञ्चनपुरको हेन्द्रनगरमा साढे १२ बजे नेपाली काँग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउद, रमेश लेखक, बहादुरसिंह थापा लगायतको सहभागितामा बिरोध सभा हुने भएको हो । सभामा अधिनायकवादी शैलीमा चलेको सरकारका गलत कामका बारेमा आम जनतालाई जानकारीसहित सचेत गराइने काँग्रेस नेता साउदले अक्षरपाटीलाई बताए ।

‘यो पार्टीको खबरदारी हो, सरकारको शैलीबिरुद्ध सचेतना सभा हो’, नेता साउदले भने, ‘सरकारले आफूलाई सच्याएर जाँदैन भने सरकारको अधिनायकवादी शैलीका बिरुद्ध अब काँग्रेस हातमा दही जमाएर बस्दैन । जनता जगाउँछ ।’