ओली सरकार सर्वसत्तावाद उन्मुख भयोः महर

काठमाडौं । नेपला विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले केपी शर्मा ओलीको दुईतीहाई सरकार सर्वसत्तावाद उन्मुख भएको दावी गरेका छन् ।

एक विज्ञप्ति प्रकाशित गर्दै उनले सरकारको कार्यशीली विरुद्धको नेविसंघको आन्दोलनलाई सरकारले क्रुर शैलीमा दबाउन खोजेको जिकिर गरेका छन् । देशव्यापी आन्दोलनमा रहेको नेविसंघका कार्यकर्तालाई अनेक आरोप लगाएर झुट्टा मुद्दा लगाइएकोप्रति नेविसंघका केन्द्रीय अध्यक्ष महरले आपत्ति जनाएका छन् ।

एनले विज्ञप्तिमा भनेका छन्, ‘नेविसंघले सरकारी सवारी साधनमा रोक लगाउने कार्यक्रमका शिलशिलामा कास्कीको पोखरामा भएको असामान्य घटनालाई आधार बनाएर नेविसंघका नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलमाथि झुट्टा मुद्दा लगाउने कार्यको नेविसंघ घोर भत्र्सना गर्छन ।’

उनले नेविसंघले कुनै पनि तोडफोड, आगजनी नगरेको र त्यस्ता कार्यमा कहिल्यै विश्वास नगर्ने दावी पनि विज्ञप्तिमा अगरेका छन् ।

अध्यक्ष महरले सरकारले नै घटनालाई अतिरञ्जित गरेर झुट्टा मुद्दा लगाएको दाबी महरको छ । सोही घटनाको बिरोधमा आइतबार गरिएको बिरोधका क्रममा नेविसंघका पशुपति भट्टराई र फिरोज सुवेदी प्रहरी दमनमा घाइते भएको घटनाप्रति पनि नेविसंघले खेद व्यक्त गरेको छ ।

झुट्टा मुद्दा खारेजीलगायत नेविसंघ कार्यकर्ताको विनासर्त रिहाइका लागि नेविसंघले शसक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ । सरकारको रबैया र दमनविरुद्ध सोमबार देशभरका क्याम्पस अगाडि बिरोध प्रदर्शन भइरहेको अध्यक्ष महरद्वारी जारी विज्ञप्तिमा उल्लेख छ ।