पूर्वप्रेमीलाई ‘मेरा कुछ नही जाता’ भन्दै आइन भारतीय गायिका नेहा

कुछ सोचकर बोला होगा तुम ने
य प्यार भी तोला होगा तुमने
..
इसमें तेरा घाटा
मेरा कुछ नही जाता…

भन्दै चर्चित भारतयि गायिका नेहा कक्करले नयाँ गीत मार्फत आफ्ना पूर्व प्रेमीलाई जवाफ दिएको अनुमान बलिउडमा गरिएको छ । गायिका कक्करले भर्खरै ल्याएको रिलिज गरेको गीतमात्रै चर्चामा छैन उनी स्वयम्र यस गीतले चर्चामा छिन् ।

यूट्युबमा ‘‘तेरा घाटा’ बोलको गति सार्वजनिक भएको एक साता नपुग्दै टे«न्डिङको ५ नम्बरमा आएको छ । गजेन्द्र बर्माको गीतमा नेहा आफैले आवाज र अभिनय गरेकी छन् ।

हिमान्सु कोहलीसँग चार वर्षदेखि प्रेम सम्बन्धमा रहेकी नेहा अघिल्लो बर्षको अन्त्यतिर अलग भएकी थिइन् । चार वर्ष लामो प्रेमसम्बन्ध टुटेपछि उनी डिप्रेसनमा परेको चर्चा पनि चलेको थियो । उनी आफैले सामाजिक संजालमार्फत ब्रेकअप भएको खुलाएकी थिइन् । यो गीत उनले पूर्व प्रेमी हिमान्सुलाई नै ‘डेडिकेट’ गरेको अनुमान गरिएको छ ।