रविना पोखरेल ‘चब्बी मोडल’

काठमाडौं । ‘नेपाल्स चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले जितेकी छन् । २५ प्रतियोगिलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन् । विजेता बन्दै स्कुटी उपहार पाएकी पोखरेलले ‘मिस ब्युटिफुल स्माइल’, ‘मिस बेष्ट र्याम्प वाक’ र ‘मिस पपुलर’ उपाधि समेत हात परेकी छन् ।

सद्धि मिडियाले राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा जिज्ञासा चटौट फष्टरनर अप र पुनम श्रेष्ठ सेकेन्ड रनरअप बने । चटौट ‘मिस बब्बी’, ‘मिस मल्टिमिडिया’, ‘मिस फ्रेन्डी’ समेत घोषित भइन् । श्रेष्ठले ‘मिस ब्युटिफुल’ र ‘ब्युटी वीथ परपोज’ उपाधि हात पारिन् । बिजेताले बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउँने भएका छन् ।

यो तेस्रो संकरण हो । संजिव झा, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक थिए ।
मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्च उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता गरिँदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । बिभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगिताको कोरियोग्राफर सच्चु गुरुङ रहेकी थिइन् ।