हार्टन क्याफेमा थपिँदै अर्ग्यानिक स्वाद

काठमाडौं । १४ वर्षदेखि ग्राहकलाई विभिन्न स्वाद पस्कँदै आएको हार्टन क्याफेले पछिल्लो समय थप नयाँ अर्ग्यानिक स्वादका परिकारहरु पस्कन सुरु गरेको छ । शान्त, सफा, पूर्ण पारीवारिक वातावरण भएको क्याफेमा मेनुमा भएको परिकारलाई ग्राहकको चाहना अनुसार नै तयार गरिने गरेको छ ।

बजारमा मेनुअनुसारको मात्रै खानाको स्वाद पाइने भए पनि हार्टनले भने ती खानालाई ग्राहकले भने बमोजिम तयार गरेर पस्कने गरेको क्याफेका संचालक मुकुन्द विष्टले जानकारी दिनुभयो ।

 

मध्येवानेश्वरको देवकोटा सडकमा रहेको हार्टन क्याफेले हरेक दिन एकपछि अर्को नयाँ स्वाद बजार  लन्च गर्ने गरेको छ । १४ वर्षदेखिको अनुभवका आधारमा आफूले इन्डियन, चाइनिज, कन्टिनेन्टल, इटालियनलगायतका खानाका परिकारलाई नेपाली मौलिक स्वादमा रुपान्तरण गर्दै लगेको सञ्चालक विष्टले बताउनुभयो ।

गत साता मात्रै अर्ग्यानिक फापर, मकै र गहुँको पिठोमा बनेको मःमः पस्किएको क्याफेमा ग्राहकले अत्याधि रुचाउने परिकार नेपाली खाना सेट हो । खाना, खाजा र प्येपदार्थमा हरेक दिन नयाँ स्वाद पस्कँदै आएको क्याफेको व्यवस्थापन चुस्त र स्फुर्त हुनु हार्टनको खास पक्ष हो ।

 

गार्डेन शैलीमा सजावट गरिएको क्याफेमा पाहुनाका लागि मेनुको खानामात्रै पाइँदैन, त्यही खानलाई ग्राहकले भनेबमोजिम तुरुन्तै तयार पारिनु यहाँको अर्को विशेषता हो ।

हार्टनले  मकै र फापरको पिठोबाट बनेको प्यान केक पस्कँदै आएको छ । विहानीपख ब्रेकफास्ट गर्नेहरुमाझ यो परिकार अत्याधिक लोकप्रिय बनेको छ । हार्टनको होम प्याकलगायत, होम डेलिभरीको माग निकै बढेको छ । यहाँ किलोको दरले मटन र चिकेनको पक्कु तयार गरिने भएकाले हार्टनका गेस्टहरुले यसको माग निकै गर्ने गरेको सञ्चालक विष्टले बताउनु भयो । ‘नयाँ स्वादकासाथै हाम्रा पाहुनाको स्वास्थ्य पनि राम्रो होस् भन्नेमा हामी सचेत छौ’, सञ्चालक बिष्टले भन्नुभयो ।