नेकपाको सरकार पूर्ण असफलः साउद

दैलेख । २५ बर्ष देखि नेपाल कम्न्युस्ट पार्टीको सक्रिय सदस्य रहेका हाल नेकपा जिल्ला कार्यसमिति दैलेखमा जिल्ला सदस्य रहेका राजेन्द्र बहादुर शाही, जगत बहादुर शाहीसहित २६ जनाले नेकपा पार्टी हावादारी पार्टी भएको भन्दै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।

बिपी चिन्तन प्रतिष्ठान एवं चामुण्डा नगरपालिकाको संयोजनमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन ।

शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रममा नेता साउदले नेकपा सरकार पूर्ण रुपमा असक्षम भएको बताए । उनले नेकपाको दुईतिहाई सरकार अन्तर्राष्ट्रिय स्तरमै बदनाम र असफल भएको दावी गरे । नेकपा अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्ति ुबेला न कुबेला भेनेजुएला मात्रै नभएर प्रचण्डको अबको यात्रा हेजसम्म (अन्तर्राष्ट्रिय अदालत)को भएको बताए ।

पार्टी परित्याग गर्ने सम्पूर्ण नेताले नेकपा सरकार र नेकपा नेतृत्व सामन्ती भएको र प्रधानमन्त्री आश्वासनको भण्डार मात्र भएको बताए । समाज रूपान्तरणको नेतृत्व अब नेपाली काङ्ग्रेसले लिनुपर्ने र यसकै लागि आफूहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेको उनीहरुको भनाइ थियो ।

नेपाली काङ्ग्रेस प्रबेशका लागि जिल्ला भरी नै नेकपा नेता एवं कार्यकर्ता आतुर रहेको प्रदेश न ६ का मुख्य सचेतक एवं नेपाली काङ्ग्रेसका नेता हिम बहादुर शाहीले जानकारी दिए । दुई दिने प्रशिक्षण कार्यक्रम शनिबा सम्म चल्नेछ ।