पौडेलको फेब्रुअरी १४ बजारमा

काठमाडौं । लेखक निमेष पौडेलको दोश्रो उपन्यास ‘फेब्रुअरी १४’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार पुस्तक विमोचन भएको हो । युवा ज्योतिष तथा चलचित्र अभिनेता हरिहर अधिकारी र लेखककी आमा निशा पौडेलले उपन्यास कृति विमोचन गरेका हुन् । युवा

ज्योतिष हरिहर अधिकारी र लेखक पौडेलसँग सञ्चारकर्मी मनोज केसीले छलफल गर्दै अनौपचारिक रुपमा पुस्तक विमोचन गरिएको हो । छलफलमा युवा ज्योतिष अधिकारीले यसअघि आफू ज्योतिषीका कार्यक्रममा मात्रै सहभागी भएको र पुस्तक विमोचनमा पहिलो पटक सहभागी भएको बताए । उनले युवाहरुले कलम चलाउँदा पठन संस्कृतिको वृद्धि हुँदै गएको बताए ।

छलफलमा लेखक निमेष पौडेलले लेखन रुचिको विषय भएकाले पाठकको माया पाएसम्म आफू निरन्तर लेखिरहने बताए । सानैदेखिको सोख पाठकहरुको मायाकै कारण पूरा गर्न सकेको लेखकले बताए ।

युवा लेखक निमेष पौडेलको यस अघि ‘फाइभ मन्थ्स्’ उपन्यास बजारमा आएको छ । फेब्रअरी १४ बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो ।