पोर्टफोलियोमा तल पारेपछि प्रधानमन्त्रीका सल्लाहकारले देखाए यस्तो हर्कत

काठमाडौं । काठमाडौंंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आसन ग्रहणका क्रममा आफूलाई तल पारेको भन्दै कार्यक्रम नै बहिष्कार गरेका छन् । बुधबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बहुमुखी क्याम्पसले आयोजना गरेको छैटौं वार्षिकोत्सव कार्यक्रमा आसन ग्रहणका लागि सांसद गगन थापाभन्दा पछाडि बोलाइएको भन्दै भट्टराईले कार्यक्रम नै बहिष्कार गरेका हुन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगन थापासमेत अतिथि थिए । गत निर्वाचनमा थापासँगै पराजित भएका भट्टराईले ‘आफू प्रधानमन्त्रीको सल्लाहकार र पोर्टफोलियो सांसदको भन्दा माथि भएको’ भन्दै कार्यक्रम बहिष्कार गरेको आयोजकले जानकारी दिएको छ ।

आयोजकले पूर्व मन्त्री भन्दा अगाडि उनलाई आसनग्रहण गराउन नसक्ने भनेपछि उनले कार्यक्रमनै बहिष्कार गरेको आयोजकले गुनासो गरेको छ ।