भ्यालेनटाइनडे : माया गर्ने मनहरुले प्रेमोत्सव

काठमाडौ । फागुन २ अर्थात आज भ्यालेनटाइनडे । माया गर्ने जोडिहरुले यस दिनलाई प्रेमोत्सवका रुपमा लिने गरेका छन् । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइनडे विश्वभर मनाइन्छ । यो पश्चिमा संस्कृति हो ।

तर, नेपालमा पनि पछिल्लो समय यसका पक्षपातीहरु बढ्दै गएका छन् । योसँगै यसले प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ भन्ने कुराको पुष्टि गरिदिएको छ ।

यस्तो छ म्यालेनटाइनडेको इतिहास

तेस्रो सताब्दीमा क्लोडियस नामका एक रोममा एक शासक थिए । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइनडेका रुपमा मनाउन सुरु गरेका हुन् ।

आज प्रेमिल मनहरुले एक आपसमा कार्ड, रातो गुलाबको फूल आदान प्रदान गरेर यो दिवस मनाउने गर्छन् । भ्यालेनटाइनडेको अवसरमा विभिन्न प्रेमिल जोडिहरु विभिन्न ठाउँमा घुम्न जाने गरेका छन् ।