ईरानमा आत्मघाती बम हमला, कम्तीमा २७ जनाको मृत्यु

काठमाडौं । ईरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको ज्यान गएको छ ।

बीबीसीले आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेको उल्लेख गरेको छ । बीबीसीका अनुसार आक्रमणमा परी २० गार्ड घाइते भएका छन् ।

घटनाको सुन्नी–मुस्लिम चरमपंथी समूह जैश अल–अदहलले जिम्मेवारी लिएको छ ।