प्रधानमन्त्रीले कसरी सम्झेलान एक वर्षे कार्यकाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे देशबासीका नाममा सम्बोधन गर्दैछन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको वर्षदिन पुगेको उपलक्ष्यमा सरकारका उपलब्धिहरू समेटेर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीको एक वर्षे कार्यकालमा विकास निर्माणका सम्झन योग्य कामहरु केही भएका छैनन् । उनले भन्ने गरेको समृद्धिको यात्रा भाषणमै सिमित बनेको छ ।

बरु सुनकाण्ड, निर्मला हत्याको हत्यारा पत्ता लगाउन नसक्नु, बाइड वडी खरिदको भ्रष्टाचार, भेनेजुयलासम्वन्धी प्रचण्डको प्रेस विज्ञप्तीलगायतका कुरा वर्तमान सरकार वदनियत बनेको छ । यस्तो वस्थामा सरकारले आफ्नो एक वर्षे कार्यकाललाई कसरी सम्झिन्छ भन्ने कुरा महत्वपूर्ण रुपमा हेरिएको छ ।

गत वर्ष फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो ।