भ्यालेन्टाइनमा आईजीपी शैलेन्द्रको ‘मन उड्यो चरा बनी’

काठमाडौं । प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’का छोरा शानिध्य खनालले गीतमा स्वर दिएका छन्।

गीतका शब्द सशस्त्र प्रहरी महानिरीक्षक खनाल आफैले लेखेका हुन् । गीतमा गैरे सुरेशले संगीत भरेका छन्।

युवराज वाइबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय छ । उत्सव दाहालको सिनेमाटोग्राफी र बिकाश दाहालले भिडियो सम्पादन गरेका हुन् ।