प्रधानमन्त्रीको सम्बोधन : जनताका लागि कति आशा, कति निराशा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशबासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार वर्षदिन पुगेको उपलक्ष्यमा सरकारका उपलब्धि र कामहरूका बारेमा चर्चा गरे । गत वर्ष फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो। भोलि ओली नेतृत्वको सरकारलाई तीन वर्ष पुग्ने छ।

ओलीले सम्बोधनका क्रममा यो एक वर्षको अवधिमा गरेका कामहरुको लामै लिस्ट प्रस्तुत गरे भने आगामी दिनमा गर्ने योजनाको पनि लामै लिस्ट सुनाए । सरकारले उपलब्धी हासिल गर्न नसककेको सुन काण्डमा सरकारलाई सफलता मिलेको भनिरहँदा उनले झुटा बोलेको प्रस्ट हुन्थ्यो । किनकी नत अहिलेसम्म सुनकाण्डको गिरोहको जरासम्म पुग्न सकेको छ सरकार, न हराएको ३३ किलो सुननै पत्ता लगाउन सकेको छ । यस्तो अवस्थामा ओलीले केलाई सफलता भनेका हुन्, बुझ्न गाह्रो भयो । यस्तै पछिल्लो समयको विवादास्पद बाइड वडि भ्रष्टाचार सम्बन्धमा पनि उनले मुख खोलेनन् ।

उल्टै प्रधानमन्त्री ओलीले आफनो कार्यकालमा समृद्धिको आधार तयार भएको बताए । उनले राजनीतिक स्थिरता भएकोले समृद्धिको आधार तयार भएको दावी गरिरहँदा मुलुकको विदेशसँग सम्बन्ध चिसिदै गएको छ ।

उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताएका थिए

त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको प्रधानमन्त्रीले आफ्नो उपलव्धिका रुपमा व्याख्य गरेका छन् । तर, एक मात्र अन्तर्राष्ट्यि विमानस्थल समेत बेला बेला अवरुद्ध हुने गरेको, पिच फुट्ने गरेको उनले भूले ।

त्यस्तै ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ । उता बाजुरा, दार्चुला लगायतका दुर्गम क्षेत्रका जनता अझै तुहीनै भरमा जोखिमपूर्ण यात्रा गर्छन् ।

उनले भ्रष्‍टाचार आफुले पनि नगर्ने र अरुले गरेको पनि नसहने बताए । ‘मुखमा पानी हालेर म बोलीरहेको छैन, म आफु पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि छोडिदिन’ ओलीले भने शान्ति सुरक्षा चुस्त पारिएको र गुण्डागर्दी नियन्त्रण गरिएको बताए । गत वर्ष भन्दा यस वर्ष भ्रष्टार मुलुकमा बढेको तथ्य केही दिन अघि मात्र सार्वजनिक भएकाले उनको यो भनाई मिथ्या सावित भएको । उनले सुरक्षाको कुरा गरिरहँदा एक वर्षको अवधिमा देशमा थुप्रै हत्या, हिंसा र बलात्कारका घटना भए । धेरैलाई कारवाहीको दायरामा ल्याउन सकेन सरकारले । यसले पनि उनी काम भन्दा कुरा बढी गर्ने प्रधानमन्त्रीको रुपमा प्रस्तु भएको पाइयो ।

लामो समयदेखि स्थायी सरकार नपाएका जनताले वर्तमान सरकारले केही गर्ने आशा गरेका थिए । तर, जनताको आशा निराशामा परिणत हुने गरको छ ।

हेर्नुहोस् ओलीको सम्बोधनको पूर्ण पाठ