सशस्त्रका डीएसपी र एसपीमा बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ । बिहीबार सशस्त्र प्रहरी बलले प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि आवेदन माग गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार प्राविधिक र साधारण दुवै समूहतर्फका प्रहरी निरीक्षक र डीएसपीको बढुवाका लागि आवेदन दिन आह्वान गरिएको हो । कानून, स्वास्थ्य, सञ्चार तथा इञ्जिनियरिङसहित साधारण समूहतर्फ एसपी र साधारण समूहबाट डीएसपी हुन योग्यता पुगेकाहरुलाई आवेदन दिन भनिएको छ ।

हाल सशस्त्र प्रहरीमा दुई जना एसएसपी, ४५ एसपी, २९ डीएसपी र ५३ जना प्रहरी निरीक्षकको दरबन्दी खाली छ ।