रुस्लान डिपिएल: सिवाईसी अत्तरीयाको लगातार दोस्रो जित, बर्षाले खेल स्थगित भएपछि महेन्द्रनगर र विराटनगरले अंक बाँडे

धनगढी । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा रुपन्देहीलाई पहिले हार चखाउँदै सिवाईसी अत्तरियाले लगातार दोस्रो जित दर्ता गरेको छ । सिवाईसी अत्तरियाले रुस्लान धनगढी प्रमियर लिग (डीपीएल)– ३ को बिहीबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो । अत्तरियाको यो लगातार दोस्रो जित हो । रुपन्देहीको यो दोस्रो जित पछिको हार हो ।

टस जितेर ब्याटिङ रोजेको अत्तरियाले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलेर ९ विकेट गुमाएर १२१ रन बनायो । अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले यस प्रतियोगिताको व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा ६७ रन जोडे । ५० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । जवाफी ब्याटिङमा आएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रन बनाए ।

वर्षाले खेल रद्द

यस्तै बिहीबार नै भएको विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच भएको दोस्रो खेल वर्षाले रद्द भएकोे छ । टस जितेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाएको समयमा खेल वर्षाले रोकिएको थियो । त्यसपछि पनि निरन्तर पानी परिरहेपछि खेल रद्द रिएको होे । दुवै टोलीले १÷१ अंक बाँडेका छन् । विराटनगरले ३ खेलमा ३ अंक जोडेको छ । पहिलो २ खेल हारेको महेन्द्रनगरको यो पहिलो अंक हो ।

विराटनगरबाट ओपनर असादउल्ला खानले १९ रन बनाए । २३ बल खेलेका उनले ३ चौका र पहिलो ओभरमा मोहम्मद नाविदलाई १ छक्का प्रहार गरे । पृथु बाँस्कोटा १४, अविनाश यादव १३ र तृतराज दास १२ रनमा आउट भए ।
माथिल्लो क्रममा ओपनर आसिफ शेख शुन्य, हरिशंकर साह ५ र कुशल भूर्तेल ३ रन बनाएर आउट भए । कप्तान करण केसी ६ बलमा १ छक्का प्रहार गरी ९ रनमा अविजित रहे । महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाविदले १ विकेट लिए । शुक्रबार विश्रामको दिन रहेको छ ।

यस्तो छ अंक तालिका

रुस्लान धनगढी प्रिमियर लिगको चार दिनसम्म सकिएका खेलहरुको आधारमा सिवाईसी अत्तरीया शिर्ष स्थानमा रहेको छ । खेलका दुवै खेलमा जित निकालेको अत्तरीया चार अंक सहित अंक तालिकाको पहिलो स्थानमा रहेको हो । अत्तरियासँगै अपराजित रहेको काठमाडौं गोल्डेन्स अंक तालिकाको दोस्रो स्थानमा रहेको । समान चार अंक रहेपनि रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रुपन्देही च्यालेन्र्स रहेको छ । तीन खेलमध्ये दुई खेलमा जित निकालेको र एक खेलमा हार व्यहोरेको रुपन्देहीको पनि चार अंक रहेको छ । चौथो स्थानमा रहेको विराटनगर किंग्सको तीन अंक रहेको छ । तीन खेलमध्ये एकमा जित एकमा हार र एकमा अंक बाडेको विराटनगरपछि पाँचौ स्थानमा महेन्द्रनगर युनाईटेड रहेको छ । दुई खेलमा जित विहीन रहेको महेन्द्रनगरको एक अंक रहेको छ । पहिलो खेलमा हार व्यहोरेको महेन्द्रनगरले दोस्रो खेलमा अंक बाँडेको हो । अंक तालिकाको पुछारमा रहेको धनगढी स्टार्स भने जित विहीन रहेको छ । खेलका तीनवटै खेलमा हार व्यहोरेका धनगढीले कुनै अंक जोड्न सकेको छैन् ।