कांग्रेसको टिप्पणी : सरकार अहंकारी बन्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्रीले बिहीबार देशवासीका नाममा गरेको सम्बोधनले सरकार अहंकारी बनेको प्रस्ट भएको आरोप लगाएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकास सरर्माले आफूले गरेका उपलब्धी सुन्य जस्तै भएकाले यो यो गरेर भनेर प्रधानमन्त्रीले बुदागत रुपमा भन्न नसकेको आरोप लगाए ।

सेयर बजार घट्दै जानु, कर्मचारी भ्रष्ट बन्दै जानु, सरकारको बैदेशिक सम्बन्ध बिग्रिदै जानुले सरकारबाट ठुलो आशा गर्न नसकिने तर्फ उनले चिन्ता ब्यक्त गरे ।

५ फागुनमा पत्रकार सम्मेलनमार्फत सरकारको एक वर्षे कार्यकालबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए ।

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीको बुझाई गलत भएको बताउँछन् । ‘उहाँका गलत कुरामा सबैले सहमति जनाए मात्रै प्रधानमन्त्रीमा खुशी हुने गुण छ’, उनले भने, ‘कसैले फरक मत राख्ने वित्तिकै उहाँ निषेधको राजनीति गर्नु हुन्छ ।’

स्थायी सरकार गठन भएको एक वर्ष वित्दा समेत सरकारले जनतामा आशा जगाउन नसकेको उनको आरोप छ । हामीले एक वर्षमा यो गरेउ भनेर प्रधानमन्त्रीले सम्बोधनका क्रममा तथ्य नै देखाउन नसकेको थापाको अरोप छ । थापाले मिठो भाषण मात्रै गरे प्रधानमन्त्रीमा भ्रम छर्न खोजेको आरोप लगाए ।

यस्तै नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सरकारका कामकारवाहीले निरास बनेका जनता प्रधानमन्त्रीको बिहीबारको सम्बोधनबाट थप निराश बनेको रोप लगाए । उनले अझै पनि प्रधानमन्त्रीले झुटको खेती गर्न नछोडेको आरोप लगाए ।