‘सलल बगेको पानी, मायाले जा भन्यो उही लाने’

काठमाडौं । जनता डिजिटल्सको प्रस्तुती सलल बगेको पानी, मायाले जा भन्यो उही लाने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा मधुसुदन बन्जाडे र अमृता भट्टराईको स्वर रहेको छ । गीतको लय तथा शब्द संकलन पनि बन्जाडेले नै गरेका छन् ।

सन्जिव सागरले एरेन्जर गरेको गीतको म्युजिक भिडियोमा प्रकाश, करिश्मा र टिकाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन् ।