अम्बिकालाई नेतृत्व दिन नेविसंघ नेता कार्यकर्ताको माग

काठमाडौं । नेपाल विद्यार्थी सघकी निवर्तमान केन्द्रीय सहमहामन्त्री अम्बिका चलाउनेलाई तदर्थ समितिको अध्यक्ष बनाउन नेविसघका नेता कार्यकर्ताहरुले पार्टी सभापतिलाई शेरवहादुर देउवालाई आग्रह गरेका छन् । उनलाई नेतृत्व दिनुपर्ने भन्दै नेविसंघका सय जना भन्दा बढी नेता कार्यकर्ताले पार्टी सभापति देउवा निवास पुगेर आग्रह गरेका हुन् ।

देउवालाई भेट्न पुगेका नेविसघका नेता कार्यकताले अम्बिका सफल नेतृ भएकाले उनले सफलता पूर्वक निर्वाचन गराउन सक्ने बताएका थिए । नेतृ पुजा भट्टले भेटका क्रममा आफूहरुसँग सभापति देउवाले छिट्टै नेतृत्व दिने बताएकाे जानकारी दिइन् । सभापति देउवाले समावेशीताका लागि पनि यो महत्वपूर्ण समय भएको बताएकाले उनले चलाउनेले नेतृत्व पाउनेमा आफूहरु रहेकाे बताइन् ।

देशभरी चलाउनेकाे आफ्नो राम्रो माहाेल रहेकाले निर्वाचन गराउन नेविसंघका नेता कार्यकर्ता विश्वस्त छन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनमा दिइसकेपछि अहिले नेविसंघ नेतृत्व विहिन बनेको छ ।

यस्तै नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य गीता गुरुङले चलाउनेलाई यसपटक पार्टीले नेतृत्व दिनुपर्ने बताइन् । उनले महिलाई नेतृत्व दिनुपर्ने एतिहासिक क्षण आएकाले पार्टीले यो क्षण गुमाउन नहुँने उनको धारणा छ ।

सभापतिलार्इ भेट्न पुगेका नेताहरूले अब बन्ने नेविसंघ तदर्थ समिति बनाउदा ३२ बर्ष उमेरको प्रावधान अक्षरसह कार्यन्वय गर्नु पर्ने माग गरेका छन् ।