काठमाडौं । राजधानीमा साहित्यमा सक्रिय युवाहरुको एक समूहले प्रत्येक शनिबार वाल्मीकि क्याम्पसमा रचना वाचन कार्यक्रम गर्दै आएको छ । साहित्यको विकासका लागि भन्दै ‘निरन्तर शनिबार’ नाम दिइएको उक्त जमातले साहित्यीक कार्यक्रम गर्दै आएको हो ।
कार्यक्रममा नेपाली साहित्यका एक विशिष्ट प्रतिभाको प्रमुख आथित्यमा आयोजना गर्ने र रना वाचन गर्नुका साथै प्रमुख अतिथिबाट रचनामाथि टिप्पणी गर्ने गरिएको छ। यसपटकको शृङ्खलामा कवि विश्व सिग्देललाई निम्त्याइएको थियो । कवि सिग्देलले कार्यक्रममा वाचन गरिएका रचनामाथि टिप्पणी गुर्नका साथै यस्ता खाले कार्यक्रमले साहित्यको विकासमा ठुलो टेवा पुर्याउने बताएका थिए । उनले साहित्यीक कार्यक्रमले नै साहित्यको विकासमा टेवा पुर्याउने भएकाले यस्ता खाले कार्यक्रमलाई निरन्ता दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा सोझो गाउँले, पूर्णिमा प्रतिविम्ब, रामप्रसाद जोशी, सुदर्शन शर्मा, यामप्रसाद आचार्य, ललित बिस्ट, चन्द्रबहादुर लामा, सरोज राई, केवल कार्की, टेकराज अवस्थी, इन्द्र लम्साललगायतले रचना बाचन गरेका थिए । यस्तै कवि प्रमोद स्नेहीले आफ्नो धारणा राखेका थिए ।