नेपालको शिक्षा विश्वकोभन्दा कम छैन

कलंकीस्थित एलआरआई स्कुल फरक शिक्षालयका रूपमा स्थापित छ । एलआरआई नयाँ प्रविधिको प्रयोगका साथ विद्यार्थीलाई शिक्षा प्रदान गर्न उद्धत छ । उसले शिक्षाको गुणस्तरकै लागि थुप्रै देशसँग विभिन्न खाले सहमति गरेको छ । एलआरआई नेपाल सरकारबाट मात्रै नभई अन्य देशबाट समेत सम्मानित विद्यालयमा पर्छ । एलआरआईका प्राचार्य डा. देवकान्त जोशीसँग विद्यालयका गतिविधि र सफलताको पाटो बारे अक्षर–संवाद  गरेका छौं । प्रस्तुत छ सम्पादित अंश :–

एलआरआई अन्य विद्यालयभन्दा निकै फरक छ भनिन्छ, फरक विशेषता के हो ?

पहिलो कुरा एलआरआई गुठी अन्तर्गत सञ्चालित विद्यालय हो । ०५७ सालमा सरकारले शिक्षा ऐनमा सातौं संसोधन ग¥यो । उक्त संशोधित ऐन अनुसार नीजि विद्यालय कि कम्पनीमा दर्ता हुनुपर्ने भयो । कि गुठीमा जानुपर्ने भयो । त्यतिबेलासम्म हामी विशुद्ध नीजि विद्यालय थियौं । हामीहरूका बीचमा के गर्ने भन्ने सल्लाह भयो । सल्लाह भए अनुसार हाम्रो चाहना भनेको समाजमा गुणस्तरीय शिक्षा प्रदान गर्नु थियो । नाफा कमाउनु नै छ भने अरू व्यवसाय गरे पनि हुन्छ भन्ने निश्कर्षमा हामी पुग्यौँ । गुठीमा जाने निर्णय ग¥यौं । पुरै आफ्नो सम्पत्ति हुँदा हुँदै पनि विशुद्ध गुठिमा जानु हाम्रो पहिलो विशेषता बन्यो ।

त्यसपछि हामीमा कुनै स्वार्थ रहेन । केवल गुणस्तरीय शिक्षा प्रदान गर्ने दृढ इच्छाशक्ति मात्रै भयो । सोहीअनुसार हामीले नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै अध्यापन गराउन थाल्यौं । नेपालको शिक्षा पनि विश्वको शिक्षासँग प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न देशसँग विभिन्न खाले सम्झौता ग¥यौं । भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, जापान, सिंगापुर, दक्षिणकोरिया, मलेसिया, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, स्पेनलगायतका देशसँग विभिन्न खाले सहकार्य गरेका छौं । हामीले भारतसँग खेलकुद, चीनसँग भाषा–संस्कृित, अमेरिकासँग शान्ति र अहिंसा, बेलायतसँग विद्यार्थी तथा शिक्षकको वृत्ति विकास, सिंगापुरसँग उच्च शिक्षा लगायत अन्य देशसँग पनि अन्य क्षेत्रका लागि सहकार्य गरेका छौं । यसरी सहकार्य गर्नुको अर्थ नेपाली विद्यार्थीलाई विश्वको शैक्षिक, सामाजिक, भौतिक, सांस्कृतिक, खेलकुद लगायतका परिवेशसँग नजिक तुल्याई नविन ज्ञान प्रदान गर्नु हो ।

कसरी जन्म भयो एलआरआई ?

एलआरआईको जन्म वि.सं. ०४४ फागुन १२ गते शिक्षा दिवसको दिन भएको हो । त्यतिबेला काठमाडौंमा धेरैजसो सामुदायिक विद्यालय थिए । थोरै नीजि विद्यालय थिए । हुने खानेका छोराछोरी पूर्वतर्फ दार्जिलिङ्, पश्चिमतर्फ देहरादून जाने गर्थे । यता काठमाडौंमा सामान्य परिवारका मान्छेले पढाउनसक्ने विद्यालयको अभाव थियो । त्यसमा पनि काठमाडौंको यो पश्चिम भेगमा झनै विद्यालय थिएन । सोही अभावपूर्ति गर्न एलआरआइको जन्म भएको हो । बाहिर जाने विद्यार्थीलाई रोकेर हामी पनि गुणस्तरीय शिक्षा दिन सक्छौं भन्ने उद्देश्यका साथ यसको स्थापना गरेका हौं ।

सुरुमा हामीले भवन भाडामा लिएर आवासीय विद्यालय सञ्चालन गरेका थियौं । त्यसताका हामीसँग १२७ जना विद्यार्थी र ६÷७ जना शिक्षक थिए । दुई वर्षपछि त्यहाँको घरको भाडा बढ्यो । हामी त्यो तिर्न नसकेर अर्को ठाउँमा स¥यौ । त्यहाँ तीन वर्ष बित्यो । त्यहाँ पनि राम्रो हुँदै गर्दा भाडा बढ्यो र हामीलाई गाह्रो भयो । त्यसपछि आफ्नै जग्गा लिएर भवन बनाउनुपर्छ भन्ने योजना भयो । सोही मुताबिक हामीले ०५० सालमा डेढ रोपनी जग्गा लिएर नर्सरीदेखि दशसम्म एक÷एक सेक्सन सञ्चालन गर्न मिल्ने गरी टहरा बनायौँ । त्यसपछि हामीले आफ्नो क्षेत्र विस्तार गर्दै गयौं । आज हामीसँग २० रोपनी जग्गामा पर्याप्त सुविधा सम्पन्न भवन छन् । आफ्नै बसहरू छन् । २ हजार ५ सय ५० जना विद्यार्थी छन् । १७५ जना शिक्षक छन् । विद्यालयको आफ्नै फुटसल छ । स्टुडेन्ट पार्लियामेन्ट छ । बाह्र वर्ष पहिलेदेखि नै प्रत्येक कक्षा कोठामा सिसि क्यामेरा जडान गरिएको छ । आफ्नै सुविधासम्पन्न समारोह हल छ । विभिन्न देशहरूसँग विभिन्न खाले सहकार्यका लागि सहमति भएका छन् । अझै हामी नविन सोचका साथ अगाडि बढ्ने योजना बनाइरहेका छौं ।

हामीले त्यसरी मिहेनेतले स्थापित गरेको स्कुललाई गुठीमा लादा धेरैले बौलाउनु त भएन ? मान्छे अरुको सम्पत्तिमा मरिहत्ते गर्छन, तपाइँहरू भने आफ्नो सम्पत्ति सरकारीकरण गर्न खोज्दै हुनुहुन्छ, भन्नेको कमी थिएन । तर हामी दृढ रह्यौ । हाम्रो चाहना भनेको विशुद्ध शिक्षा सेवा गर्ने थियो, जुन यो तीस बर्षे यात्रामा निरन्तर अगाडि बढी रहेको छ । गुठियार शिवराज पन्त, यशोधरा पन्त तथा महारेखा पन्तको उच्च समाजसेवाको भावका साथै शिक्षक, विद्यार्थी, अभिभावक सबैको साथले हामीले कहिले पछाडि फर्केर हेर्नुपरेन । आफ्नो यात्रामा अगाडि बढीरहेका छौं । काम गर्दा गर्दै समय गएको थाहै हुँदैन । अरुले केही गरिदेला भन्दा पनि आफै केही गर्नुपर्छ भन्ने सोच भएका साथीहरूको साथले नै हामी सफताका साथ अगाडि बढीरहेका हौं ।

सफलताको कथा त सुनाउनुभयो, विद्यार्थी भर्नाको प्राब्धान के हो ?

हाम्रो चर्चा एसओएस बालग्रामका बीचमा पनि भएछ । एक पटक एसओएसका शिक्षकसाथीहरू हाम्रो विद्यालयमा आउनु भयो र एलआरआईको हामीले थुप्रै चर्चा सुनेका छौँ भन्दै कार्यशाला गोष्ठी नै राख्नु भयो । उहाँहरूले कार्यशाला गोष्ठीमा एलआरईको यो सफलताको कारकबारे भन्नु भयो । हामीले भन्यौ अरुले विद्यार्थी भर्ना लिँदा शर्त तोक्छन्, हामी कुनै शर्त तोक्दैनौं । सबै विद्यार्थीका लागि हाम्रो विद्यालय खुला छ । हाम्रो विद्यालयमा आएको कुनै पनि विद्यार्थीले फिर्ता जानु पर्दैन । अर्को हामी विद्यार्थीलाई फेल गर्दैनौं । हामी इन्ट्रान्स लिन्छौं । उसको क्षमता जाँच गर्छौं र सोही अनुसार भर्ना गरिदिन्छौं । त्यसरी भर्ना गर्दा हाम्रो विद्यार्थी अहिलेसम्म प्रायः फेल भएका छै्रनन् ।

कुरा अलि प्रष्ट भएन ?

हामी विद्यार्थी भर्ना गर्दा आन्तरिक परीक्षा लिएर मात्र भर्ना गर्छौं । तर त्यो परीक्षा फेल गर्नको लागि होइन । उसको क्षमता जाँच गर्नको लागि हो । जस्तो विद्यार्थी पाँचमा भर्ना हुन आयो । उसको क्षमता पाँचमा भर्ना हुन पुगेको छ भने हामी पाँचमै भर्ना गर्छौं । उसको क्षमता छैन भने उसको अभिभावकलाई सम्झाउँछौं । पेपर देखाएर कन्भिन्स गर्छौं । हामी पहिला पर्फेक्ट बनाउने कोसिस गर्छौं । यदि राम्रो गर्यो भने बीचमा जम्प गराउँदै कलास अगाडि बढाउँला भन्छौं । अभिभावकहरू पनि मान्नुहुन्छ र हामी अति कम्जोर विद्यार्थीलाई उसको क्षमता अनुसारको क्लासमा भर्ना गर्दै प्रफेक्ट बनाउनतर्फ केन्द्रीत हुन्छौं । यसो गर्दा एसईईमा हाम्रोमा निकै कम्जोर रुपमा आएको विद्यार्थी पनि अहिलेसम्म फेल भएको छैन ।

अरु विद्यालयबाट निकालिएका विद्यार्थीलाई पनि तपाइहरूले भर्ना लिने गर्नुहुन्छ भनिन्छ, किन ?

हो, हामी अरु विद्यालयबाट पढाइमा कमजोर भन्दै निकालिएका विद्यार्थीलाई पनि भर्ना लिन्छौं । किनकि शिक्षाको काम भनेकै सबैको सशक्तिकरण गर्नु हो । कोही पनि मान्छे आफैमा काम नलाग्ने हुँदैन । केवल उसलाई राम्रो बन्न असल वातावरणको आवश्यकता पर्दछ । हामी असल वातावरण दिन्छौं र सक्षम मान्छे बनाएर पठाउँछौं । हामीलाई विज्ञापन गरेर सस्तो लोकप्रियता बटुल्नु पनि छैन । शिक्षामा मालिक बन्न अस्वस्थ प्रतिस्पर्धा गर्नु पनि छैन ।

अन्य गतिविधि कसरी अगाडि बढाउनु भएको छ ?

हामी पहिलेदेखि नै विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धी क्रियाकलापमा सहभागी गराउँदै आएका थियौं । तर त्यसको लागि छुट्टै हल थिएन । अहिले हामीले पार्लियामेन्ट हल भनेर छुट्टै बनाएका छौं । त्यसमा हामी विद्यार्थीलाई व्यवस्थापिकाको ज्ञान दिने गर्छौं । संयुक्त राष्ट्रसंघले कसरी संसार हाक्छ त्यसको जानकारी दिने गर्छौं । कुनै टपिक दिएर उनीहरूलाई विभिन्न देशका नेताहरूको भेषमा उतार्छौं । त्यसको लागि उनीहरूले कडा मिहेनेत गर्छन् । त्यसमा उनीहरूमा मिहेनेत गर्ने कलाको विकास हुनुका साथै बहुहुखी प्रतिभाको विकास हुन्छ भने क्षमतामा पनि अभिवृद्धि हुन्छ ।

आजसम्म यहाँहरुले गरेको राम्रो कामका लागि सम्मान र पुरस्कार त निकै प्राप्त गर्नुभयो होला नि ?

हो एलआरआई देश विदेशबाट थुप्रै पटक सम्मानित भएको छ । सरकारले प्रत्येक वर्ष देशभरीको एउटा सामुदायिक र एउटा नीजि विद्यालयलाई राष्ट्रिय झण्डा, शिल्ड र नगद पुरस्कार प्रदान गर्छ । हामीले ०५७ सालमा उत्कृष्ठ हुँदै पुरस्कार पाएका थियौं । शिक्षालाई अन्तर्राष्ट्रियकरण गरेबापत बेलायती सरकारको ब्रिटिस काउन्सीलबाट इन्टरनेस्नल स्कुल अवार्ड २०१६–१९ प्राप्त ग¥यौं । बेलायतबाट विद्यार्थीलाई उद्यमशिल शिक्षा प्रदान गरेवापत स्कुल इन्टरप्राइज चेलेन्ज अवार्ड २०१७ पायौ । काठमाडौं विश्वविद्यालय पछिको चिनियाँ भाषा पठनपाठनको देशकै ठूलो केन्द्रको रुपमा चिनियाँ सरकारले मान्यता दिएको छ । संस्थापक लगायत दश जनाले हालसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरिसकेका छन् । गुठियार शिवराज पन्तले राजा बिरेन्द्रबाट गोरखा दक्षिण बाहु सम्मान थापी सक्नु भएको छ । गुठियार शिवराज पन्त, यशोधरा पन्त र म शिक्षा क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याए बापत्त नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट सम्मानित भइसकेका छौं ।

तपाइहरू अन्य विद्यालयलाई पनि सहयोग गर्नु हुन्छ ?

हामीले बेला बेलामा आर्थिक अवस्था कम्जोर भएका सामुादयिक विद्यालयहरूलाई सहयोग गर्ने गरेका छौं । सिन्धुपाल्चोकको मेलम्ची चिसापानीको दुर्गम लामा गाउँमा रहेको एउटा सामुदायिक विद्यालयलाई कम्प्युटर, बेन्च, कपि लगायत प्रशिक्षण तालिम दिएका छौं । चौमाला बहुमुखी क्याम्पस कैलालीलाई एउटा बस दिएका छौं । काठमाडौंको अनाथाश्रम र सडक बालबालिकाका लागि सञ्चालित श्री सत्य साइ शिक्षा निकेतनलाई बस दिएका छौं । बर्दियाको गुलरियामा गुठिबाट सञ्चालित सनराइज स्कुललाई दुई शिक्षक बराबरको तलब उपलब्ध गराउने गरेका छौं । काठमाडौं भित्र र बाहिर रहेका थुप्रै सरकारी विद्यालयमा शौचालय निर्माण गर्नुका साथै कम्युटर ल्याब निर्माण गर्ने, कम्प्युटर उपलब्ध गर्ने, पुस्तकालय निर्माण गरिदिने लगायतका काम थुप्रै सहयोग गरेका छौं । विद्यालयमा कार्यरत शिक्षहरूलाई लामो अध्ययन बिदा मिलाएर स्कुलले नै खर्च ब्यहोर्नेगरी देश विदेशका विश्व विद्यालयबाट उच्च शिक्षा हासिल गर्नका लागि सहयोग गरेका छौं ।

अन्त्यमा भन्नै पर्ने केही छ ?

अहिलेको जमाना भनेको सूचना प्रविधिको जमाना हो । वर्तमान विश्व निकै नजिक भइसकेको छ । हामी पनि सोही अनुसार अभ्यस्त हुन सक्नुपर्छ । नेपालको शिक्षा पनि विश्वको शिक्षासँग प्रतिस्पर्धा गर्ने खालको हुनुपर्दछ । विद्यार्थीलाई किताबी ज्ञान मात्र नभइकन विश्व परिवेशको बारेमा पनि जानकारी दिनु पर्छ । हामी सोहीसोचका साथ अगाडि बढी रहेका छौं । हाम्रो यो सफलतासँग थुप्रैको योग्दान जोडिएको छ । हामीलाई शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शुभेच्युकहरूले निकै मायाँ गरिराख्नु भएको छ र ठूलो भरोसा पनि राख्नु भएको छ । त्यसैले हामीलाई अगाडि बढ्ने प्रेरणा दिइरन्छ । आगामी दिनमा पनि सबै क्षेत्रबाट यस्तै उत्साहप्रद सहयोगको अपेक्षा गरेका छौं । यहाँ गुमनाम भएका विद्यालय रातारात हाइलाइटमा आएका पनि छन् । हामीलाई त्यस्तो हुनुपनि छैन । निरन्तर आफ्नो बाटोमा हिडेर सदासर्वदा सफलताको शिखर चुमिराख्नु छ । हामीले अन्य देशसँग पनि शैक्षिक सहकार्य बढाउँदै आएका छौं । हाम्रो विचार सार्वजनिक गर्न सघाएकोमा अक्षरपाटीलाई धन्यवाद ।