अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई सफलता

 

काठमाडौं । भारतमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’ मा नेपालले सफलता हात पारेको छ ।

नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपूर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् ।

नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगिता नेपाल, भारत, चिन, बंगलादेशलगायत १६ देशका सुन्दरी सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफूले धेरै कुरा सिक्न पाएको बताइन् ।

१८ बर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् ।