हिन्दू राज्य र राजसंस्था माग्न जब कमल थापा बालुवाटार पुगे …

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजसंस्थासहितको नेपाली संस्करणको प्रजातन्त्र माग गरेका छन् । मंगलबार बालुवाटारमा २२ बुँदे मागपत्र बोकेर पुगेको अध्यक्ष थापा नेतृत्वको टोलीले मागपत्र बुझाउँदै प्रधानमन्त्री समक्ष उक्त माग गरेको हो ।

राप्रपाले बुझाएको मागपत्रको पहिलो बुँदामा धर्म निरपेक्षता खारेजी र दोस्रो बुँदामा राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न सर्वपक्षीय गोलमेच सम्मेलन माग गरिएको छ ।

प्रधामन्त्री केपी शर्मा ओलीले भेटका क्रममा राप्रपाले उठाएका माग पूरा गर्न आफ्ना गतिविधि जारी राख्न सुझाब दिएका थिए । ओलीले कतिपय मागहरु राजनीतिक रहेको बताउँदै ती माग स्थापित गर्न आफ्ना गतिविधि जारि राख्न सुझाव दिएका हुन् ।

ओलीले राप्रपाले उठाएका जनजीविकाका मुद्दामा भने सरकार सकरात्मक रहेका प्रतिक्रिया दिएका थिए ।