व्यावहारिक शिक्षाको विकल्पः नाथम

काठमाडौं । ‘वर्तमान शिक्षा सैधान्तिक मात्रै भयो, आजको शिक्षाले तर्क गर्ने दिमाग त जन्मायो तर गरिखाने शिपालु पाखुरा उत्पादन गर्न सकेन !’ यो वहस मुलुकमा लामो समयदेखि चल्दै आएको छ । माओवादी द्वन्द्वकादमा त वर्तमान शिक्षालाई ‘बुर्जुवा शिक्षा’ भन्दै बहिस्करण पनि गरियो ।

सत्य त के हो भने, आजको शिक्षाले चेतना त दियो, सही र गलत भन्ने विवेक सिकायो तर शिक्षित युवालाई इलम गरिखाने सिप सिकाउन नसकेपछि शैक्षिक बेरोजगारी उच्च बन्दै गयो । हामीले ‘आजको शिक्षा काम छैन’ त भन्यो तर कस्तो शिक्षा काम छ र कुन शिक्षालाई अगाडि बढाउँदा योग्य र दक्ष गरिखाने जनशक्ति उत्पादन हुन्छ भन्नेतिर भने ध्यान केन्द्रित गर्न सकेनौँ ।

तर मुलुमा आज होइन आजभन्दा ४५ वर्ष पहिला नै ‘गरिखाने शिक्षा’को सुरुवात भइसकेको बताउँछन् पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) कार्यकारी निर्देशक दुर्गादत्त ढकाल ।

विक्रम सम्बत २०२९ सालमा होटेल तालिम दिने उद्देश्यले आजको नाथमको अंकुरण भइसकेको थियो । आईएलओ र यूएनडीपीको सहयोगमा सञ्चालित उक्त तालिम विस्तारै गएर विक्रम सम्बत २०५६ सालमा एक शैक्षिक संस्थाका रुपमा विस्तार भएको कार्यकारी निर्देशक ढकाल बताउँछन् । होटल सम्बन्धी तालिम वा ज्ञान लिन परे भारका विभिन्न स्थानमा पुगेर लिनुपर्ने वाध्यता नाथमको स्थापनाले तोड्यो । स्वदेशमै बसेर नयाँ सीम र ज्ञानका कक्षाहरु नाथमले सञ्चानल गर्यो ।
२०५६ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर नाथमले ब्याचलर लेभलको होटल म्यानेजमेन्ट कक्षा सुरु गर्यो । सन २००३ मा आइपुग्दा यसले ब्याचलर इन ट्राभल एण्ड टुर्स म्यानेजमेन्ट कार्यक्रम पनि लागू गर्यो ।

देशमा भएको पर्यटन सम्भावनालाई नाथमको जनशक्ति उत्पादनले झन उजागर गर्ने काम गर्यो । यहाँबाट उत्पादित जनशक्तिले विदेशमा मात्रै काम पाएनन् स्वदेशमै कैयाँै स्थानमा पुगेर उत्कृष्ट होटल स्थापनादेखि पर्यटन सेवामा आफूलाई सक्रिय बनाए । जसले देशको पर्यटनसम्भानालाई थप आकर्षक क्षेत्रका रुपमा स्थापित गरिदियो ।

नाथमप्रतिको आकर्षणको कारण पनि प्रयोगमा आधारित शैक्षिक कार्यक्रमहरु भएको कार्यकारी निर्देशक ढकाल बताउँछन् । प्रतिष्ठानमा अध्ययन सँगै अन्य गतिविधि सञ्चालन गर्दै आएको छ । जसले मुलुकको पर्यटन क्षेत्रलाई नै बाहिरि संसारसँग एक्सपोज गर्ने काम गरेको छ ।

नाथमबाट अध्ययन गरेका विद्याथी यो ४५ वर्षको अवधिमा स्वदेश तथा विदेशका विभिन्न प्रतिष्ठित संस्थामा आवद्ध मात्रै होइन आफै उद्यमी बनेर स्थापिन बनेका छन् । विद्यार्थी जहाँ पुगेपनि त्यहाँको वातावरणसँग आफूलाई रुपान्तरण गर्नसक्ने क्षमता विकासमा पनि संस्थाले जोड दिँदै आएको कार्यकारी निर्देशक ढकालले बताए । प्रविधिमा आधारित शैक्षिक कार्यक्रम सञ्चालनको योजनासहित संस्था अघि बढेको निर्देशक ढकाल बताउँछन् ।

ढकालको कार्यकाल

आफूले नेतृत्व लिएयता प्रतिष्ठानमा ढकालले यस वर्ष विगतमा अध्ययन हुँदै आएको शैक्षिक कोटा बढाएर थप विद्यार्थीले अध्ययन गर्ने पाउने वातावरण निर्माण गरे । उनैले ब्याचलर इन ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टमा १२० जना विद्यार्थीले मात्रै अध्ययन गर्न पाउने अवस्थालाई १६० पुर्याए । प्रतिष्ठानको भौतिक संरचना निर्माणमा पनि उनले विशेष जोड दिए । अध्ययन अध्यापनलाई बाधा नहोस भनेर ढकालले वैकल्पिक उर्जाको व्यवस्था गरे । प्रतिष्ठानलाई विश्वविद्यालयको रुप दिलाउन कार्यकारी निर्देशक ढकालले विशेष भूमिका निर्वाह गरिरहेका छन् ।

नाथमका कार्यक्रम

शैक्षिक कक्षासँगै प्रतिष्ठानले ट्राभल, टुर गाईड, टे«किङगाइडलगायतका तालिम सञ्चालनन गर्दै आएको छ । समय सुहाउँदो होटल व्यवस्थापन कक्षा अन्तर्गत साना होटल एण्ड लज म्यानेजमेन्ट टे«निङ, आधारभूत कुक तालिम, आधारभूत वेटर टे«निङलगायतका कार्यक्रम प्रतिष्ठानले गर्दै आएको ढकालले जानकारी दिए । संस्थाले कुकिङ तर्फ इण्डियन, चाइनिज, नेपालीलगायतका कुक तालिम, वरिस्ता (कफी मेकिङ) तालिम, वेकरी तालिम सञ्चालन गरिरहेको छ । पछिल्लो समय यस संस्थाले विदेश जाने नेपाली विद्यार्थीलाई ध्यानमा राखेर आवश्यक तालिम दिन सुरु गरेको छ ।

युनिभर्सिटीका लागि पहल

नाथम सानो तालिम दिने गरी स्थापना भए पनि आज एक विशाल संस्थाका रुपमा उभिएको छ । विश्वविद्यालयबाट सम्बन्धन लिएर विशाल प्रयोगमा आधारित शिक्षा प्रदान गर्दै आएको नाथम आज एक स्वायत्त युनिभर्सिटी बन्ने चरणमा पुगेको छ । डिन युनिभर्सिटी (मानित विश्वविद्यालय)को रुपमा यसलाई विकास गर्न प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकाल लागिपरेका छन् । उनकै पहल र लबिङमा चालु आर्थिक वर्षको बजेट भाषणमा यसलाई युनिभर्सिटी बनाउने घोषणा सरकारले बजेट भाषणमा गरिसकेको छ ।

त्यो मात्रै होइन संस्थालाई विश्वविद्यालय बनाउने कदम निकै अघि बढेको पनि कार्यकारी निर्देशक ढकालले बताए । नाथमलाई विश्वविद्यालय बनाउने विधेयकको मस्यौदा निर्माण गरेर कानुन मन्त्रालयले उक्त मस्यौदा मन्त्रिपरिषदमा पठाएको छ । मन्त्रिपरिषदबाट यो पास भएमा पुनः कानुमन्त्रालयहुँदै संसदबाट पास हुनेछ । त्यसपछि सैधान्तिक शिक्षाले बढेको बेरोजगारीलाई कम गर्न र मुलुकमा व्यवहारिक र समयसुहाउँदो शिक्षा पाउन यो एक गतिलो संस्थाका रुपमा हुनेछ । त्यति मात्रै होइन नाथमका कार्यकारी निर्देशक ढकाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यक्रमलाई अब ७ ओटै प्रदेशमा लैजाने योजनामा छन् । केही प्रदेशका प्रमुखसँग कुराकानी पनि भइसकेको उनले बताए ।

 विवादरहित हुनुपर्छ

हाम्रो आजको आवश्यकता सिपमुलक शिक्षा नै हो । भिजिट नेपाल १९९८ पछि हामी आएर २२ वर्षमा नेपाल भ्रमण वर्ष २०२० मनाउँदै छौँ । यो क्षेत्रलाई परिपक्व र व्यवस्थित गर्ने जनशक्ति उत्पादन गर्ने संस्था भनेको नाथम नै हो । यस्ता संस्था राजनीतिक आग्रह, पूर्वाग्रहको चपेटामा पर्नु हुँदैन । भौगोलिक र सांस्कृतिक सम्पदाको धनी हाम्रोजस्तो मुलुकमा पर्यटनलाई आधार बनाएर हामी समृद्धि ल्याउन सक्छौँ । त्यसैले नाथमजस्ता संस्थालाई त्यसका लागि आवश्यक जनशक्ति उत्पादनको कारखानका रुपमा हेरिनुपर्छ । यस्ता संस्थालाई राजनीति गर्ने थलो बनाइनु बुद्धिमानी हुँदैन । यस्था संस्थामा राजनीति भित्र्याउनु भनेको थप बेरोजगारी सिर्जना गर्नु हो । त्यसैले हरेक राजनीतिक पार्टी र संगठनले यदि देशको साच्चै समृद्धि चाहेका हुन भने नाथम जस्ता संस्थालाई स्वायत्त र राजनीतिक मुक्त बनाउनु जरुरी छ ।