रहेनन् प्रदेश सांसद् वली

बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।

माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए ।

तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका ओली दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।