देउवाले डाके केन्द्रीय समिति बैठक, मुख्य एजेन्डा यस्तो छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार विहान ११ बजे बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् । पार्टीको विधानलाई अन्तिम रुप दिन थप छलफल गरी सहमतिमा ल्याउन सभापति देउवाले बैठक बोलाएको स्रोतले बताएको छ ।

बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उक्त निर्णय गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत मंसिर २९ बाट शुरु भएर पुस ८ गते आइतबार सम्पन्न महासमितिले केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी संघीय विधान पारित गरेको थियो । सोही विधान परिमार्जनका लागि केन्द्रीय कार्यसमितिको बैठक डाकिएको पौडेलले जनाए ।