नेताबिचको आरोप प्रत्यारोपले कांग्रेसमा निम्तिएको नयाँ बहस्

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउन अझै एक वर्ष छँ । तर, अहिले देखिनै कांग्रेसमा नेतृत्वको लागि रस्सा कस्सी सुरु भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले विरगञ्ज पुगेर एक कार्यक्रममा डा. शेखर कोइरालाप्रति कटाक्ष गर्दै ‘थर कोइराला हुँदैमा नेतृत्वका लागि सक्षम हुँदैन’ भनेपछि अहिले कांग्रेसमा नयाँ बहस् सुरु भएको छ ।

देउवाले आफ्नो प्रति द्वन्दीको रुपमा कोइरालालाई देखेकाले उनीप्रति कटाक्ष गरेको धेरैको आकलन छ । विधानतः कांग्रेसको महाधिवेशन प्रत्येक चार वर्षमा गर्नुपर्ने हुन्छ । १३औँ महाधिवेशनबाट देउवा निर्वाचित भएको तीन वर्ष पूरा भएको छ। २०७६ फागुनभित्र १४औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर पार्टीको विधानमै उल्लेख भएको व्यवस्थाअनुसार विशेष परिस्थितिमा थप एक वर्ष म्याद थप्न पाइनेछ ।

तर, डा. शेखबर कोइरालाले सभापति देउवाको भनाइप्रति कुनै टिप्पणी गर्न चाहेनन् । उनले आफू राजनीतिक संस्कार भएको परिवारबाट आएको टिप्पणी मात्र गरेका थिए ।

आगामी १४ औँ महाधिवेशनलाई ध्यानमा राखेर शेखरले देश दौडाहा थालिसकेका छन् । उनले देश दौडाहलाई तिब्रता दिइरहेको समयमा आएको देउवाको यस्तो अभिब्यक्तिले कांग्रेस भित्र महाधिवेशनको राप सुरु भइसकेको बताइएको छ ।

देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका कोइरालाप्रति लक्षीत हुँदै देउवा आक्रमक हुनुले संस्थापन इत्तरको समूहसँग देउवा असन्तुष्ट रहेको प्रष्ट भएको छ ।
देश दौडाहाका क्रममा डा. शेखरले कार्यकर्तामाझ पार्टी नेतृत्वबारे जथाभावी बोलेको आरोप समेत पार्टी सभापति देउवाले लगाए ।

देउवाले नेतृत्वप्रति अनावश्यक आलोचना गर्दै हिडेको भन्दै कोइरालालाई कारवाही गर्ने चेतावनी समेत दिएका थिए । कांग्रेसमा कतिपयले शेखर आगामि महाधिवेशनमा सभापति देउवाको प्रतिस्पर्धी भएका कारण उनीमाथि खनिएको आरोप लगाउँदै आएका छन् ।

शेखर निकटका नेताहरू भने देउवा डराएकाले सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति दिएको तर्क गर्दै आएका छन्।

महाधिवेशनमा एकअर्कालाई कमजोर देखाउन नेताहरू नीति र एजेण्डाभन्दा पनि व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएको विश्लेषण हुन थालेको छ ।