क्रिश्चियत धर्म प्रचारकलाई स्थानीयले जय हिन्दु भन्न लगाएपछि…

कञ्‍चनपुर । क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेको समूहलाई पक्राउ गरेर कञ्चनपुरका स्थानीयले माफि माग्न लगाएका छन् ।  गाउँमा गएर क्रिश्चियन धर्म प्रचार गर्दै गरेको अवस्थामा शुक्रबार भेटिएका तीन विदेशी र एक नेपालीसहित चार जनालाई कृष्णपुर नगरपालिका ४ बाट पक्राउ गरेर स्थानीले कुटपिट समेत गरेका छन् ।

स्थानीयले नियन्त्रणमा लिएर गाउँको पिपल चौतारामा ल्याएर श्रीराम लेखेको खादा ओडाई, जय हिन्दु भन्न लगाई माफी माग्न लगाएका थिए ।

उनीहरुलाई अबदेखि क्रिश्चियनको प्रचारमा नआउने शर्तमा छोडिएको स्थानीयले बताएका छन् । स्थानीले धर्म प्रचार गरिरहेको थाहापाएपछि भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएका थिए । भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेर उनीहरु कञ्चनपुर छिरेको स्थानीएको आरोप छ ।