मन्त्री कालो दिन भन्दै सडकमा, मुसहर उत्सव मनाउँदै बिरुवा रोप्नमा

अक्षर संवाददा

मधेशको एक कुनामा यही संविधानलाई टेकेर मन्त्री भएका एकजना कालोझण्डासहितको जुलुसमा सहभागी भए । राजपाका महासचिवसमेत रहेका प्रदेश २ काभौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल संविधान जारी भएको दिलाई कालो दिन भन्दै अंगरक्षक सहित कालो झन्डा लिएको जुलुसमा निस्किए ।

मधेशकै महोत्तरीस्थित बर्दिबासका मुसहरहरुले भने संविधान दिवसको अवसरमा आफ्नो गाउँमा वृक्षारोपण गरेर उल्लास मनाए । मधेशवादी दलहरुले तेस्रो संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै गर्दा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा १६ महिना अघि निर्माण भएको एकिकृत नमुना मुसहर बस्तीका स्थानीयले एकसय वटा बिरुवा रोपे । निमुखाहरुको नाममा राजनीति गर्नेहरु मन्त्रीको कुर्चीमा बसेर संविधान जारी भएको दिनलाई कालो दिन भनिरहँदा एक जोडी कलाकारको अगुवाईले घ

बास पाएका निमुखा मुसहरहरु भने संविधान दिवसलाई आफ्नो बरकतले भ्याएसम्म उत्सवका रुपमा मनाउन तम्सिए । उर्जावान भए ।
चुरे क्षेत्रको संरक्षणमा काम गर्दै आएका बर्दिबासस्थित सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले दिएका बोट विरुवाहरु मुसहर बस्ती बासीले आफ्ना घर अगाडिको फुलबारीमा रोपेको युवा मञ्जय मुसहरले बताए ।

बस्तीमा वृक्षारोपण गर्न गाउँलेहरु संविधान दिवसको अघिल्लो दिन नै खाल्टो खनेका थिए । उता मन्त्रीसहितले कालो झण्डा लिएर जुलुस निकालीरहँदा यता मुसहरहरु बिहानैदेखि आँगनको बगैचा हराभरा बनाउँदै थिए । यो क्रम दिनभर चल्यो । तराई मधेशको पर्यटकीय स्थलको रुपमा विकास भएको एकिकृत नमुना मुसहर बस्तीका सडकको दुवैतिर वृक्षारोपण गरिएको हो । बस्तीका बालबालिकाको उत्साहजनक सहभागितमा बिरुवा रोप्नमा कसैले खाल्टो खने, कसैले फूलमा पानी हाले ।

बिरुवा रोप्ने कार्यक्रममा ईलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख विमल भट्टराई, दलित अधिकारकर्मी सन्त परियार, पूर्व शिक्षक बासुदेव महतो, समाजसेवी शंकर फुयाँल लगायतको सहभागिताले हौसला थपेको थियो । उता जनताको तिरोबाट सुविधा लिने मन्त्री नै कालो दिन भन्दै जुलुसमा सहभागी भएको समाचारले भने आम जनता खिन्न भएका थिए ।