चौधरी ग्रुपको नयाँ उत्पादन माल्टोजिङ्ग बजारमा

काठमाडौ । चौधरी ग्रुपले आफ्नो नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ औपचारिक रुपमा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरिएको हो ।

नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीको प्रमुख आतिथ्यमा चौधरी ग्रुपको पछिल्लो उत्पादनलाई सार्वजनिक गरिएको हो ।

बजारमा रहेका उत्पादनभन्दा गुणस्तरिय तथा सुपत मूल्यमा माल्टोजिङ्ग बाजर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
माल्टोजिङ्ग बजारमा विद्यामान विभिन्न खालका ब्राण्डभन्दा २५ रुपैयाँ सस्तोमा उपलब्ध गराउने कम्पनीका सिइओ होम न्याउपानेले बताए ।

उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि क मगर्न सघाउने उद्देश्यले उत्पादन गरिएको हो । यसमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको दावी कम्पनीको छ ।
हाललाई क्लासिक माल्ट र चकलेटको स्वादमा बजारमा ल्याएको कम्पनीले जनाएको छ ।