नेकपामा बढ्यो विवाद, पाँच भाइले बुझाए ७ पाने छुट्टै प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकताको लागि गठित कार्यदल भंग गर्ने सचिवालयको निर्णयप्रति असन्तुष्टि जनाउँदै पाँच नेताले नेतृत्व सामु फरक सतसहितको सात पाने लिखित प्रतिवेदन बुझाएका छन् । उनीहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका हुन्।

सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले रामबहादुर थापा बादलको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो । सदस्यमा रामबहादुर थापा बादल, विष्णु पौडेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुरामा भुसाल, वर्षमान पुन, लेखराज भट्ट, शंकर पोखरेल र रघुवीर महासेठ थिए ।

शुक्रबार बसेको सचिवालय बैठकले कार्यदल भंग गर्दै सचिवालयलाई थप कामको जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति फरक मत राख्दै आइतबार सुरेन्द्र पाण्डे, वर्षमान पुन, वेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले नेतृत्वसामु लिखित प्रतिवेदन बुझाएका छन् ।

पुन र भट्ट विदेशमा रहेपनि उनीहरुको सैद्धान्तिक सहमति रहेको प्रतिवेदनमा उल्लेख छ। कार्य दललाई आवश्यक समय बैठकको लागि उपलब्ध संयोजकले नदिएको भन्दै कार्य दलका बहुमत सदस्य असंतुष्ट थिए ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ