पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर सम्पर्कविहीन, खोजीकार्य जारी

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

बुधबार तेह्रथु जाँदै गरेको हेलिकोप्टर सम्पर्कविहीन भएको गृहसचिव प्रेमकुमार राईलाई उद्धृत गर्दैै समाचार वाहिरिएका छन् । अधिकारी चढेको हेलिकोप्टर सम्पर्कविहीन भएको खबर आएको गृहसचिव राईले बताएका छन् ।

तेह्थुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट उडेको एअर डाईनेष्टिको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत ६ जना सवार भएको बुझिएको छ । होलिकोप्टरको खोजीमा नेपाली सेना, प्रहरी, स्थानीय प्रशासन र सर्वसाधारण जुटेको बुझिएको छ ।  हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोला एरियामा दुर्घटना भएको  बताइएको छ ।