डिआइडीका सुजन र भिमफेदी गाइजसँग रोमान्स गदैं आँचल

काठमाडौं । नायिका आँचल शर्माले भारतीइ चर्चित रियालिटी सो डिआईडीबाट चर्चित सुरज मार्फा तामाङ र भिमफेदी गाइजसँग अनस्क्रिन रोमान्स गरेकी छन् । आँचलले रेलिमाइ बोलको म्युजिक भिडियोमा दुई ग्रुपसँग एकैपटक रोमान्स गरेकी हुन् । नायिका आँचलले अभिनय गरेको गीतका शब्द दिपक आचार्यले लेखेका हुन् । मिष्टर आरजेको संगीत रहेको गीतमा महेश भन्डारी र मिष्टर आरजेको स्वर रहेको छ ।

रेलिमाई बोलको उक्त गीतलाई एसदिप मुभिजले बजारमा ल्याएको हो । गीतको भिडियोमा नेपालका चर्चित दुई डान्स ग्रुपकासाथै आँचलले पहिलोपटक अभिनय गरेकी हुन् । दुई डान्स ग्रुप एकसाथ देखिएको यो सम्भवतः पहिलो पटक हो । रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । कलाकार तथा स्क्रिप्ट राइटर दिपक आचार्यले भिडियो निर्देशन गरेका हुन् ।