राजधानी धनगढीमै ठिकः काँग्रेस सभापति देउवा

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमै ठिक हुने बताएका छन । कञ्चनपुर महोत्सव उद्घाटनका   लागि बिहीवार सुदूरपश्चिम पुगेका देउवाले धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भौतिक संरचना नै नभएको गोदावरीको जंगलमा लगेर राजधानी बनाउने कार्य व्यवहारिक नभएको बताएका छन् ।

प्रदेश सभाले भने बहुमतद्वारा सुदूरपश्चि प्रदेशको राजधानी चुरे फेदीमा रहेको गोदावरी जंगलमा राख्ने निर्णय गरिसकेको छ । तर देउवाले पूर्वाधार, जनधनत्व र बजेटका हिसाबले पनि राजधानी धनगढी नै उपयुक्त भएको बताएका हुन् ।

कञ्चनपुर महोत्सव उद्घाटनका लागि   काँग्रेस सभापति देउवालगायत काँग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेता आज सुदूरपश्चिम पुगेका हुन् ।