आईसीसी वरियतामा भारतका रोहित भन्दा पारस अघि

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-२० नयाँ वरियताको अलराउण्डतर्फ नेपाली राष्ट्रिय टोलीक कप्तान पारस खड्का भारतका रोहित शर्मा भन्दा अघि रहेका छन् ।

कप्तान खड्का रोहित भन्दा दुई स्थान अघि छन् । गत महिना ४० औं स्थानमा रहेका पारस दुई स्थान सुधार गर्दै ३८ औं स्थानमा उक्लिएका छन् । भारतका रोहित भने ४० औं स्थानमा रहेका छन् ।

७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरियता हो । उनी सँगै अन्य दुई खेलाडीले पनि आइसीसीको वरियतामा सुधार गरेका छन् । बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा सोमपाल कामी र बसन्त रेग्मीले पनि स्थान बनाएका हुन् ।

यस्तै अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५० औं स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१ औं स्थानमा रहेका थिए । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त ७१ औं स्थानमा छन् । समान ४०९ अंक पाएका दुवै खेलाडी यथावत रहन सफल भए ।