पिएसएलमा सन्दीपको चमत्कार : चार खेलबाट लिए १० विकेट

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीकाा महत्वपूर्ण सदस्य लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी-२० क्रिकेटमा १० विकेट लिएका छन् । लाहोर क्वालेण्डर्सबाट पिएसएल खेली रहेका सन्दीपले प्रतियोगितामा चार खेलमात्र खेलेका छन् ।

उनले बिहिबार राती भएको कराँची किंग्सविरुद्धको खेलमा दुई विकेट लिँदै पिएसएलमा आफ्नो १० विकेट पुरु गरेका छन् । उनी सर्वाधिक विेट लिने खेलाडीको तस्रो स्थानमा छन् । पहिलो स्थानमा हसन अलीले ६ खेलमा १ट विकेट लिएका छन् भने दा्स्रो स्थानमा हरिस राउफले ११ विकेट लिएका छन् ।

बिहिबार दुबईमा लाहोरले दिएको १ सय ३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको कराँचीविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिएका थिए । सुरुवाती २ ओभरमा घातक बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका सन्दीपले तेस्रो र चौथो ओभरमा विकेट लिन सकेनन् ।

सन्दीपले पहिलो विकेटको रुपमा कोलिन मुन्रोलाई १५ रनमा आउट गरेका थिए । यस्तै दोस्रो विकेटको रुपमा बाबर आजमलाई ११ रनमा पेभेलियन फर्काए । सन्दीपले आफ्नो डेब्यु खेलमा तीन विकेट लिएका थिए भने दोस्रो खेलमा एक विकेट लिए । त्यस्तै तेस्रो खेलमा घातक बलिङ गर्दै मात्र १० रन खर्चेर ४ विकेट लिएका थिए ।