टुँडिखेल पुगेर नेता महरद्वारा धिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि अर्पण

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् युवा नेता नैनसिंहले टुँडिखेल पुगेर ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

दुर्घटनामा परि निधन भएका सातै जनाको शव अन्तिम श्रद्धाञ्जलिका लागि शुक्रबार विहान टुँडिखेलमा राखिएको थियो । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको थियो ।

श्रदुर्घटनामा निधन भएका सबैको शव बिहीबार अपराह्न काठमाडौं ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको हो ।

श्रद्धाञ्जली दिन पुगेका नेता महरले देशले कुसल युवा नेता गुमाएको बताए थिए । उनको निधनप्रति दुःख ब्यक्त गर्दै महरले देशलाई अतुलनिए क्षति पुगेको बताए ।