‘मिसेस नेपाल ग्ल्याम’को आवेद खुल्ला

काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो ।

विवाहित महिलाको प्रतिभा निखार्दै उनीहरुको भविस्य सुधार्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लीकी प्रिती कार्कीले बताइन् ।

प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो अडिसन फागुन २५ गते बानेश्वरस्थित होटल रानीमहलमा हुनेछ । सहभागी हुन चाँहनेले होटल रानी महलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

शिर्षसहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने छ छ