पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको शनिवार साँझ निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अधिकारी तीन दिनदेखि बेहोस अवस्थमा थिए । अधिकारीको फोक्सो र मुटुमा समस्या थियो। उनी निमोनियाबाट पनि ग्रसित थिए ।

गत पुस २३ गतेदेखि अस्वस्थ बनेका अधिकारीलाई सुरुमा ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका थियो। थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो।