गुलरियामा काँग्रेसको क्षत्रीय सम्मेलन

कञ्चनपुर । नेपाली काँग्रेस क्षेत्र नम्बर २ कञ्चनपुरको क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

फागुन २१ र २२ गते कृष्णपुर नगरपालिका गुलरियामा आयोजना हुने सम्मेलन काँग्रेसका केन्द्रिय उप सभापति तथा पूर्व उप प्रधानमन्त्री बिजय कुमार गच्छदारको प्रमुख आतिथ्यतामा उद्घाटन गएको हो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस युवा तथा जुझारु नेताहरु एनपी साउद, रमेश लेखक, मीन विश्वकर्मा, डा डीला संग्रोला, सशीला मिश्र लगायतले सम्बोधन गरेका छन् ।

काँग्रेस नेता एनपी साउदको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा काँग्रेस कार्यकर्ता, सुभेच्छुक तथा आम जनताको उत्साहजन सहभागिता रहेको छ ।