प्रधानमन्त्री ओली अस्पतालको ‘अब्जरभेसन’मा

काठमाडौं । मुटुको नियमित परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब्जरभेसनमा राखिएको छ ।

त्रिवि शिक्षण अस्पाताल (टिचिङ) पुगेका ओलीलाई अन्य केही जाँच गर्दा राम्रो हुने भन्दै अस्पतालले अब्जरभेसनका लागि अस्पताल भर्ना गरेको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै उनको थप परीक्षण्का लागि भर्ना गरिएको जनाउँदै स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।