टिकापुर हत्याकाण्ड: रेशम चौधरीसहित १२ जनालाई जन्मकैद

धनगढी । ०७२ भदौ ७ गते टीकापुरमा भएको हत्याकाण्ड आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । केहीबेर अघि जिल्ला अदालत कैलालीले उक्त फैसला सुनाएको हो ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।
लक्ष्मण चौधरी लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो ।

तर उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको हो । अदालतले पक्राउ परेका तीनजना निर्दोश रहेको फैसला सुनाएको छ ।