राजपाले सरकारलाई गरेकाे समर्थन फिर्ता लिने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । टीकापुर घटनाका अभियुक्त एवम् राजपाका सांसद रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फसला गरेपछि राजपाले सरकारलाई गरेकाे समर्थन र्फिर्ता गर्ने निर्णय गरेकाे हाे ।
केपी ओली नेतृत्वको सरकारले आफूहरुलाई धोका दिएको ठहर गर्दै राजपाकाे बुधबार बसेकाे आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले रेसम चौधरीका विषयमा पीडित पुरावेदनका लागि जाने र राजपाले आन्दोलनको तयारी थाल्ने पनि निर्णय गरेको छ।
देशैभर आन्दोलन चर्काउने राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महदतोले जानकारी दिए । बैठकले सरकार एक वर्षमा पूर्णरुपमा असफलत भएको ठहर गरेको छ ।